• बिहीबार, १३ बैशाख, २०८१
  • १६:४७:३४
  • नेपालीको अभिमत

अपराध

विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

नेपालमत

बिहीबार, १९ माघ, २०७९

काठमाडौं— त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

दुबईबाट जहाजमा आएका मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

ती व्यक्तिले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले  बताउनु भयो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved