काठमाडौं- नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गर्नुभएको हो ।
नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमान्ने पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर आफू उक्त उडानमा संलग्न नभएकाले निलम्बन नपरेको क्याप्टेन विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म हङकङ विमानस्थलमा यात्रुजस्तै भएर पछाडि बसेको थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन, यस्तो सूचना कसले दियो दियोे म अचम्ममा परेको छु, आज पनि मैले जहाज उडाउँदै छु ।”
उहाँले आफू आज राति सिङ्गापुर उडानमा जान लागेकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म विशेषज्ञ पाइलट हो, मैले कुनै गल्ती नै गरेको छैन भने किन निलम्बनमा पर्नु ? मत आज सिङ्गापुर फ्लाइटमा जाँदैछु ।”
उता नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमान्ने पाइलट उद्धव घिमिरे र राजेश कुशवाह तथा काठमाडौँबाट जापान उड्ने क्रममा ‘स्टान्डर अप्रेसनल प्रोस्युड्युल’ पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले दिएको निर्देशनअनुसार निलम्बन गरिएको बताउनुभयो ।
उहाँले पनि पाइलट नरबहादुर विश्वकर्मा उक्त फ्लाइटमा भए पनि निलम्बनमा भने नगरिएको जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...
काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...
काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...
काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...
नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् । ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...