यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडिओ खिचिरहेको अवस्थामा सिट बेल्ट नलगाएकोमा जरिवाना तिराइएको छ।
उहाँ कारको पछाडिपट्टिको सीमा बस्नुभएको थियो ।
ल्यांकश प्रहरीले भनेको छ( लन्डनका ४२ वर्षीय पुरुषमाथि उसले फिक्स्ड पेनाल्टी नोटीस जारी गरेको छ।
ब्रिटेनको प्रधानमन्त्री कार्यालयले सुनकले पूर्ण रूपमा आफ्नो गल्ती स्वीकार गरेको र माफी मागेको जनाउँदै उहाँले जरिवाना तिर्ने बताउनु भएको बिबिसीले जनाएको छ ।
सीट बेल्ट भएको अवस्थामा पनि त्यसलाई नलगाउने यात्रुहरूलाई १०० पाउन्ड (१६ हजार रुपैयाँ भन्दा बढी) जरिवाना गराउन सकिने व्यवस्था ब्रिटेनमा छ।
यदि कोही अदालतमा गएको खण्डमा त्यो बढेर ५०० पाउन्ड (८० हजार रुपैयाँ भन्दा बढी) पुग्न सक्छ।
उत्तरी ब्रिटेनको भ्रमणका क्रममा प्रधानमन्त्री सुनक ल्यांकशमा रहँदा उक्त भिडिओ खिचिएको थियो।
विभिन्न ठाउँका खर्च सन्तुलन विषयका सरकारी नीति प्रवर्द्धन गर्न लिइएको उक्त भिडियो ब्रिटेनका प्रधानमन्त्रीको इन्स्टाग्राम खातामा राखिएको थियो।
सरकारमा रहँदा सुनकले सजायको सूचना पाएको यो दोस्रो घटना हो।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्। टर्की र उत्तरी सिरियामा गरी...
टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६ हजार २३४ रहेको छ। सिरियामा...
सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ हालसम्म ७ हजार ८०० जनाको मृत्यु पुष्टि भइसकेको...
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका...
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो...