काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।
गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।
कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो । खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए ।
खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो ।
यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित ग¥यो । सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।
खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो । इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पु¥याए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।
त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पुर्याए ।
तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि बुधबार फाइनल खेल हुने भएको छ । त्रिभुवन आर्मी र चर्च व्वाईज वीच...
काठमाडौं - नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छानिएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा...