• बिहीबार, १३ बैशाख, २०८१
  • ०४:४३:१८
  • नेपालीको अभिमत

कारोबार

इलाम २ मा रोचक बन्दै मतगणना, नेम्वाङ ३४ मतले पछाडि

नेपालमत

शनिबार, १० मङ्सिर, २०७९

इलाम- इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । 

यहाँ नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ । 

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहनुभएका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ । 

हाल उहाँ १६ मतले पछि पर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिनुभएको थियो ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved