• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:०९:०१
  • नेपालीको अभिमत

समय

गुजरात : सडकमा गाईवस्तु छाड्नेलाई ६ महिना जेल सजाय

एजेन्सी

मंगलबार, ६ मङ्सिर, २०७९

भारतको पश्चिमी राज्य गुजरातको एक अदालतले आफ्ना गाईवस्तुलाई सडकमा छाड्ने एक व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

गाइबस्तुलाई छाडा छोडेको र जनताको ज्यान जोखिममा पारेको अभियोगमा अदालतले प्रकाश जयराम देसाईलाइ दोषी ठहर गरेको हो ।

सडकमा छाडा गाइबस्तु छोडिने विभिन्न राज्यमध्ये गुजरात पनि एक हो । सडकमा छोडिने  छाडा गाईवस्तुका कारण त्यहाँ सवारीलगायतका दुर्घटना हुने गरेका छन् । अपराध बढ्दै गएकाले दोषीलाई सजाय सुनाइएको अदालतले जनाएको छ ।

हिन्दुहरूको बाहुल्यता रहेको भारतमा गाई पवित्र जनावर हुन् । गुजरातलगायत १८ राज्यमा तिनीहरूलाई मार्नु गैरकानुनी छ ।

सन् २०१७ मा गुजरातले गाईको हत्या गर्नेहरूलाई आजीवन कारावासको सजाय हुने सूचना जारी गरेर गाई संरक्षण कानुनलाई कडा बनायो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved