• शुक्रबार, ७ बैशाख, २०८१
  • १५:४८:१३
  • नेपालीको अभिमत

समय

चीनको कारखानामा आगलागी, ३६ जनाको मृत्यु

एजेन्सी

मंगलबार, ६ मङ्सिर, २०७९

मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् ।

आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ ।

चीनमा औधोगिक दुर्घटना बारम्बार हुने गरेका छन् । सन् २०१९ मा मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved