• शनिबार, ८ बैशाख, २०८१
  • ०६:३८:३९
  • नेपालीको अभिमत

समाचार

एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

नेपालमत

शुक्रबार, २ मङ्सिर, २०७९

महोत्तरी- माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका  एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबा६ पाँचजना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भन्नुभयो  ।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । 

माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताउनु भयो । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उहाँले भन्नुभयो ।-न्युज कारखाना
 

 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २ मङ्सिर, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कृष्णसार एफएम १६ औं वर्षमा प्रवेश

    नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...

  • नेपालमत

    काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने

    काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।  चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ ।  नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...

  • नेपालमत

    कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...

  • नेपालमत

    २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...

  • नेपालमत

    विवाहमा दम्पतीले रोजे विमा उपहार

    नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् ।  ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved