पर्वत- अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए ।
एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन् । उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिए ।
पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन् । लामो समय कर्जा नतिरेपछि छानविन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ ।
कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।
सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
काठमाडौं- जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको...