• बुधबार, १२ बैशाख, २०८१
  • ०७:२५:३६
  • नेपालीको अभिमत

आहा नेपाल

आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

नेपालमत

आइतबार, १३ कार्तिक, २०७९

महोत्तरी- महोत्तरी सहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज  बर्तालु निराहार व्रत गरिरहेका छन् ।

साँझ नै बर्तालुले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।

यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि  छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

यसअघि गत शुक्रबार पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबाअर्बाइन’ र ‘नहाय–खाय’ एवं हिजो शनिबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो ९सख्खरमा पकाइएको खीरमात्र खाएर० ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ । अब मुलुकको राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ ।

केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख (राष्ट्रपति) नै राजधानीको रानीपोखरीसहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पाहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, १३ कार्तिक, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न...

  • नेपालमत

    नेपालकोअन्नपूर्ण सर्किटमा 'याक अट्याक अन्तर्राष्ट्रिय साइक्लिङ'

    काठमाडौं - पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ ।  माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुसँगको सहकार्यमा प्रतियोगिता...

  • नेपालमत

    मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

    महोत्तरी- मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र ९भदौ० कृष्ण अष्टमी तिथिमा यो...

  • नेपालमत

    आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व

    काठमाडौँ-  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि...

  • नेपालमत

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।   यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved