• शुक्रबार, ७ बैशाख, २०८१
  • २०:००:४६
  • नेपालीको अभिमत

प्रविधि

ट्विटर किनेका एलन मस्कले सीईओ अग्रवाल सहित उच्च पदाधिकारीलाई गरे बर्खास्त

एजेन्सी

शुक्रबार, ११ कार्तिक, २०७९

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका छन् ।

ट्विटर खरिद गर्ने सम्झौताअनुसार ट्विटरको स्वामित्व आफ्नो नाममा गरेसँगै विद्युतीय गाडी टेस्ला र अन्तरीक्षयान निर्माता स्पेस एक्स कम्पनीका मालिक मस्कले ट्विटरका सीईओ अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगललाई पनि बर्खास्त गरेको र अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयबाट उनीहरू बिदा भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनबीसीले लेखेको छ ।

गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।

मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।

बिहीबार एक ट्विट गर्दै मस्कले ट्विटरलाई आगामी पिँढीले फरक(फरक आस्था र विश्वासमाथि स्वस्थ रूपमा बहस गर्न मिल्ने डिजिटल डबली भएको बताएका छन् । 

अहिले सामाजिक सञ्जालहरू दुई भागमा विभाजन भएको भन्दै यसले समाजमा घृणा फैलाउनुका साथै घातक सिद्ध हुनेसमेत उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा देखिएका यस्ता विकृतिविरुद्ध लाग्नका लागि आफूले ट्विटर खरिद गरेको मस्कले बताएका छन् ।

एजेन्सी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ११ कार्तिक, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved