पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।
मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो ।
यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरु १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ ।
सो प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरु तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।
पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पु¥याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।
त्यसैगरी यहाँका अधिकारीहरुले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक...
अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया...
अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण...
काठमाडौं - अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा...
चितवन - किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन्। किसान आयोगले चितवन नारायणगढमा फागुन २१ गते आयोजना गरेको...