काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ ।
उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ ।
बितेका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ ।
विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ । यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।
पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो । गत वर्षको सेही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ ।
गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेले जिल्लाका आठै पालिकामा प्रशिक्षण कार्यक्रम चलाएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा...
काठमाडौं – निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा अमान्य गरिदिएको छ । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट अध्यक्ष...
ललितपुर - गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक सभापति शेरबहादुर देउवाको जवाफसहित आज सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । गत सोमवारदेखी सुरू भएको...
ललितपुर - नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि...
काठमाडौं - आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति...