• शुक्रबार, ७ बैशाख, २०८१
  • १५:१५:२६
  • नेपालीको अभिमत

स्वास्थ्य

एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि, संक्रमितको सँख्या २५ हजार ५ सय नाघ्यो

नेपालमत

सोमबार, १० असोज, २०७९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा  डेंगु संक्रमण पुष्टि भएको छ ।

यो सँगै सोमबारसम्म डेंगु पुष्टि हुनेको सँख्या २५ हजार ५४३ जना रहेको छ । 

आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा १९ हजार ९१०, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved