• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:३१:३१
  • नेपालीको अभिमत

प्रविधि

आइटी कम्पनी ‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिक उत्सव

नेपालमत

सोमबार, १० असोज, २०७९

काठमाडौं- आइटी कम्पनी ‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’ले स्थापनाको आठौँ वर्ष पूरा गरेको छ । 

नेपाली डिजिटल बजारमा उत्कृष्ट उपस्थिति जनाउँदै आएको कम्पनीले शुक्रबार आठौं वार्षिक उत्सव मनाएको हो । 

बद्लिदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई वताउँनु हुन्छ ।

उहाँ भन्नुहुन्छ , ‘हामीले स–सानो समूहसँग यात्रा सुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ’, उनी थप्छन्, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावन व्यक्तिहरूसँग सहकार्य गर्यौं र निरन्तर गरिरहेका छौं। यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु।’

अनेकन चुनौतिलाई चिर्दै आइटी क्षेत्रमा कम्पनीको उपस्थिति बलियो बनाउँदैन, उपभोक्ताको रुची र चाहना पूरा गर्दै अघि बढिरहेको कम्पनीका सञ्चाल भट्टराई आफ्नो ८ वर्षे यात्राका सम्पूर्ण सारथीहरूप्रति आभारी हुनुहुन्छ । सँगै नेपालको हुर्कदो डिजिटल बजारमा आफ्नो र कम्पनीका तर्फबाट योगदान पुर्याउन पाएकोप्रति उहाँ खुसी व्यक्त गर्नु हुन्छ  ।

विशेष गरेर वेबसाइट डिजाइन, सफ्टवेर डिभलपमेन्ट, डिजिटलमार्केटिङ लगायतका सर्भिस प्रदान गर्दै आएको कम्पनीले २५ देखि ३० जना बढीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved