• बिहीबार, १३ बैशाख, २०८१
  • ०८:०१:१३
  • नेपालीको अभिमत

राजनीति

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपालमत

शुक्रबार, २७ श्रावण, २०७९

काठमाडौं- आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । 

विहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो विहीबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २७ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved