• बुधबार, १२ बैशाख, २०८१
  • ००:४०:३७
  • नेपालीको अभिमत

स्वास्थ्य

कोरोना संक्रमणसँगै बढ्यो मृत्युदर पनि 

नेपालमत

बुधबार, २५ श्रावण, २०७९

काठमाडौँ - पछिल्ला केही दिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमणसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको हो । 

केही दिनअघिसम्म मृत्यु शून्य प्राय: थियो । कहिलेकाही एक जनाको ज्यान जाने गरे पनि पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएको छ । पछिल्लो समय दैनिक एक/दुई जनाको ज्यान गइरहेको छ । 

पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved