• शुक्रबार, १४ बैशाख, २०८१
  • ०१:४७:३४
  • नेपालीको अभिमत

समय

इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती

एजेन्सी

सोमबार, २३ श्रावण, २०७९

इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ ।

सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ । 

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् । 

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् । 

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved