• बिहीबार, १३ बैशाख, २०८१
  • २३:१९:००
  • नेपालीको अभिमत

राजनीति

स्थानीय तह निर्वाचन : ५ अर्ब ४ करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता (विवरणसहित)

नेपालमत

मंगलबार, १० श्रावण, २०७९

काठमाडौं -  निर्वाचन आयोगले चुनावको खर्च सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक खर्त विवरण अनुसार निर्वाचन २०७९ मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको हो ।

स्थानीय तह २०७९ को सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएको थियो। त्यसमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ।

त्यस्तै, ७५३ वटै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट भएको ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । ७७ वटा निर्वाचन कार्यालयबाट भएको ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ खर्च भएको थियो।

गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च ४ करोड ५० लाख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च (मिडिया अनुगमन लगायत अन्य शिक्षा सामाग्रीको प्रचार प्रसारका लागि) भएको खर्च १ करोड ४५ लाख छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको कूल खर्च ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ भएको र बाँकी ३ अर्बभन्दा बढी रकम सरकारलाई फिर्ता गरिएको बताउनुभयो । 

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताउनुभयो । यस्तै गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने उहाँको भनाइ छ ।

यस्तो छ स्थानीय चुनावमा आयोगले गरेको आय–व्यय विवरण:  
खर्च व्यवस्थापन 
नेपाल सरकारबाट निकासा भएको रकम : रु.८ अर्ब ११ करोड 
आयोगको सचिवालयबाट भएको खर्च : रु.१,०२,६३,१२,१२९।–
मुख्य/निर्वाचन अधिकृतको कार्यालय : (७५३) बाट भएको खर्च : रु.३,५४,१२,७३,६१७।–
निर्वाचन कार्यालय (७७) बाट भएको खर्च : रु.४१,३३,०७,१३०।–
गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च : रु.४,५०,००,०००।–
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च : रु.१,४५,००,०००।–
कुल खर्च : रु.५,०४,०३,९२,८७६।–
नेपाल सरकारमा फिर्ता रकम : रु. ३,०६,९६,०७,१२४।–

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १० श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved