काठमाडौं- नेपाल टेलिकमले प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा, पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुल ३ प्रतिशतले घटाउने भएको छ ।
टेलिकमले विभिन्न सेवाहरुको महसुलमा आज साउन १ गतेदेखि नयाँदर लागू गर्न लागेको हो । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत कायम गरेको छ । यहीकारण महसुलमा समेत टेलिकमले ३ प्रतिशत मूल्य घटाउने भएको हो ।
यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् ।
यसअनुसार केही अफरहरुमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् । यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एकदिने तथा एक मासिक प्याकेजहरुमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणका लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।
त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...
धनकुटा- नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र...
काठमाडौं- नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको...