काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको आरोप लगाउनुभएको छ । मंगलबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सक्कली पत्र देखाउन चुनौती दिनुभयो ।
‘म सरकारलाई अहिले पनि ओरजिनल पत्र देखाऊ भन्छु। म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ। चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर,' उहाँले भन्नुभयो, 'पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ, पछि हातले किन लेख्नुपर्यो भने टिपेक्स लगाएर मेटेर हातले लेखेको स्पष्ट हुन्छ।'
सरकारले छलकाम गरेको उहाँको आरोप छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना एक सय ११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तिय पहुँचबाट...
काठमाडौँ - वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना प्रविधि (फिनटेक) विज्ञ सञ्जीव सुब्बाले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै बताउनु भएको छ। बैंक वित्तीय संस्थाले साइबर सुरक्षाका क्षेत्रमा...
काठमाडाैं - अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको...
गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ। तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा...
ललितपुर - युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवर्द्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्। नेपाली युवा उद्यमी फोरम र साउथ...