• बुधबार, १२ बैशाख, २०८१
  • १९:३३:५६
  • नेपालीको अभिमत

समय

अमेरिका : ट्रकमा ४२ जना बढीको शव फेला

एजेन्सी

मंगलबार, १४ असार, २०७९

अमेरिकाको टेक्सस राज्यमा एउटा ट्रकमा ४२ जना बढीको शव भेटिएको छ । 

कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।

न्युयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन् ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्ना एक अधिकारी घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको नागरिकताबारे भने केही जानकारी नभएको उनले बताए ।

यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved