• शनिबार, ८ बैशाख, २०८१
  • ०७:४०:३५
  • नेपालीको अभिमत

राजनीति

हिजो ९५ अंकले बढेको शेयर बजार आज दोहोरो अंकले घट्यो

नेपालमत

सोमबार, १३ असार, २०७९

काठमाडौं-  सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । 

आइतबार ९५ अंकले बढेको नेप्से आज २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ ।

कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८० लाख ८८ हजार ३४२ रुपैयाँको कारोबार भएको छ ।

 आज सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो । 

कम्पनीको शेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२९ कम्पनीमध्ये ३१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

सोमबार १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved