• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:५०:०३
  • नेपालीको अभिमत

खेल

महिला टी–२० च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपालमत

शुक्रबार, १० असार, २०७९

काठमाडौं– एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

वर्षा बाधक बन्दा खेल रद्द भएपछि युएई फाइनल पुगेको हो ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

 वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved