काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो ।
जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो ।
नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।
वरियताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्याण्ड छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि बुधबार फाइनल खेल हुने भएको छ । त्रिभुवन आर्मी र चर्च व्वाईज वीच...
काठमाडौं - नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छानिएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा...