काठमाडौं– ४ किलो ९ सय ग्राम प्रतिबन्धित लागूऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले तीन जना विदेशी नागरिकसहित एक नेपालीलाई नियन्त्रणमा लिएको हो।
असार २ गते साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिकलाई लागूऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनी बौद्धस्थित एक होटेलबाट हेरोइनसहित पक्राउ परेका हुन्।
ब्यूरोका अनुसार तान्जानियन नागरिक फ्लाई दुबईको उडानमार्फत दक्षिण अफ्रिकाको जोहान्सवर्गबाट दुबई हुँदै नेपाल आएका हुन् ।
पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक मुनिम सिंह, ४३ वर्षीय विक्रम जित सिंह र वीरगंजका ३० वर्षीय विक्की रौनियार रहेका छन्।
यसअघि ब्यूरोको टोलीले असार २ गते विदेशबाट हेरोइन बोकेर आएका ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो।
उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
भक्तपुर- एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार...
सिरहा- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया...
धनुषा- सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको...
काठमाडौँ - डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारीलाई कैलालीको जंगलमा 'लुटपाट' गरी हातखुट्टा बाँधेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक...
दाङ–भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् । दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार...