• शुक्रबार, ७ बैशाख, २०८१
  • १५:२७:५३
  • नेपालीको अभिमत

अभिमत / विचार

बालविवाहको मनोवैज्ञानिक असर

मधुविलास खनाल

मंगलबार, ७ असार, २०७९

२० वर्षमुनि बिहे गर्न हुँदैन यदि गर्‍यो भने यसले शारीरिक, मानिसक र सामाजिक असर पार्छ भन्दै बालविवाह विरुद्ध धेरै संघसंस्थाले काम गरिरहेका छन् । बालविवाह सम्बन्धी जनचेतना जगाउनुका साथै २० वर्षमुनि गरिएको विवाह छ भने उनीहरूलाई छुट्याएर अलग अलग राख्ने काम पनि संघसंस्थाले नगरेका हैनन् । तर, पनि बालविवाह बुझेर वा नबुझेरै भए पनि भइरहेका छन् । २० वर्षमुनिको उमेरमा बिहे गरेका कतिपय जोडीलाई बालविवाह विरुद्ध काम गर्नेहरूले छुट्याएर अलग राख्दै उमेर पुगिसकेपछि उसैसँग बिहे गराइदिने काम पनि गरेका छन् ।

संघसंस्थाले २० वर्षमुनि विवाह गर्न हुँदैन भन्दै आवाज उठाइरहेको वेला सरकार भने विवाहको उमेर घटाउने तयारीमा छ । कानूनमा विवाहको उमेर २० वर्ष राखेको भए पनि यसलाई संशोधन गर्नुपर्ने कुरा संसद्‌मै उठेको छ । तर, यो राम्रो होइन । २० वर्षमुनि विवाह गर्दा केटाकेटीलाई शारीरिक जस्तै मनोवैज्ञानिक असर पनि उत्तिकै पर्छ । हुनतः विवाह गर्ने उमेर २० वर्षपछि भनेर तोकिएको भए पनि अहिले पनि २० वर्षमुनिका केटाकेटीले बिहे गरिरहेको पाइन्छ । परिवारको सहमतिमा होस् वा आफैं भागेर होस् केटाकेटीले बिहे गरिरहेका छन् ।

केटाकेटीहरूले रोमान्स र जिज्ञासाका रूपमा रहेर विवाह गरेको हुन्छ । त्यही वेलामा यदि उनीहरूले गरेको विवाहलाई बदर गरियो, परिवारले फर्काएर ल्यायो वा अरू कसैले फर्कन दबाब दियो भने उनीहरूको मानसिकतामा नराम्रो असर पार्छ ।

बालविवाहले बालबालिकाको समग्र विकासमा नितान्त नकारात्मक असर गर्छ । यसमा पनि मनोवैज्ञानिक रूपमा अझै बढी असर गर्छ । बालबालिकाले थाहा नपाएरै सामाजिक सञ्जालमा समय बिताउँदा बिताउँदै वा विद्यालयमा पढ्दापढ्दै वा साथीहरूसँग मित्रता बढ्दै जाँदा उक्त मित्रता विवाहमा परिणत हुन सक्छ ।

उनीहरूले विवाह भनेको के हो ? कति वर्षमा गर्नुपर्छ । चाँडै विवाह गर्‍यो भने जीवन के हुन्छ । स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कुरा थाहा पाउँदैनन् ।

बालविवाह बदर गर्दा असर पर्न सक्छ

अहिले बालबालिकाले बालविवाह गरे अभिभावक, प्रहरी र विभिन्न संघसस्थाले बिहे बदर गरिरहेका छन् । कतिपय ठाउँमा बालबालिकाले विवाह गर्दा अभिभावकले फर्काउने र अभिभावकले गराइदिएको विवाह बालबालिकाले नमान्ने खालका घटना पनि देखिन्छन् ।

यसले बालबालिकालाई मानसिक समस्यातिर धकेल्न सक्छ । बालबालिकाले उमेर नपुगी बिहे गर्‍यो र उनीहरूलाई तुरुन्तै परिवार, प्रहरी गएर फर्काइयो भने बाँकी जीवन बेकार छ, विवाह गर्नु घातक रहेछ, अब मेरो वैवाहिक जीवन राम्रो हुँदैन होला भन्ने खालको निराशाभाव बालबालिकामा पैदा हुन सक्छ । मित्रता भनेको, विवाह भनेको पीडा दिने विषय हो भनेर उनीहरूले बुझ्न सक्छन् । कतिपय किशोरीहरूमा पुरुष भनेको हिंस्रक हुन्छ, यसले नराम्रो व्यवहार गर्छ, पुरुषबाट सुरक्षित हुन सक्दिनँ भन्ने मनोविज्ञान हुन सक्छ भने किशोरावस्थाका केटाहरूमा महिलाप्रति हेर्ने दृष्टिकोण, घरका अभिभावकहरूमा पनि विशेषगरी आमा, महिला अभिभावकहरूलाई हेर्ने दृष्टिकोणमा एकखालको नकारात्मक सोचाइ विकसित भएर जान सक्छ ।

दीर्घकालीन असर

बालविवाह बदरले बालबालिकाको जीवनमा दीर्घकालीन असर पर्ने सम्भावना धेरै रहन्छ । उनीहरूले जीवनलाई हेर्ने दृष्टिकोण, वैवाहिक जीवनलाई हेर्ने दृष्टिकोण र वैवाहिक जीवनभित्र सुख देख्न नसक्ने खालको असर पर्छ ।

केटाकेटीहरूले रोमान्स र जिज्ञासाका रूपमा रहेर विवाह गरेको हुन्छ । त्यही वेलामा यदि उनीहरूले गरेको विवाहलाई बदर गरियो, परिवारले फर्काएर ल्यायो वा अरू कसैले फर्कन दबाब दियो भने उनीहरूको मानसिकतामा नराम्रो असर पार्छ ।

सानैमा बिहे गर्दा सन्तान पनि छिटो जन्मन्छ । पढाइ रोकिन्छ । आर्थिक रूपमा असर पर्छ । यसले शरीरिक रूपमा यस्तो असर पर्छ भन्ने उनीहरूले बुझेकै हुँदैनन् । 

विवाहपछि श्रीमान् श्रीमतीबीच द्वन्द्व भएको, त्यसले एक किसिमको हिंसा भएको, सम्बन्ध विच्छेदका घटना भएको, श्रीमान्ले अर्को बिहे गरेको, श्रमतीले अर्को बिहे गरेको जस्ता समस्या अहिले बालविवाहले निम्त्याइरहेको छ ।

यस्तो अवस्थामा के गर्ने त ?

नेपालको कानूनले २० वर्षभन्दा मुनिको उमेरमा विवाह गरे बदर गर भन्यो । २० वर्षमुनिको विवाह विकासको दृष्टिकोणबाट, मनोवैज्ञानिक दृष्टिकोणबाट सबै किसिमबाट यो सही होइन भन्ने भयो ।

जसले कम उमेरमै बिवाह गरे, केटा र केटीलाई अलग–अलग काउन्सिलिङ गरेर बालविवाहको विषयमा प्रशस्त छलफल गर्नु पर्छ । बालविवाह गरिसकेपछि उनीहरूको दाम्पत्य जीवनमा आउनसक्ने अप्ठेरा, नराम्रा पक्ष र त्यसलाई समाधान गर्नसक्ने सम्भावना, सीपको बारेमा छलफल गर्नु पर्छ ।

कुरा पनि ठिकै हो । अब के गर्नुपर्छ त भन्दा बालविवाहको बारेमा काउन्सिलिङ, मनोपरामर्श गर्न जरुरी छ ।

जसले कम उमेरमै बिवाह गरे, केटा र केटीलाई अलग–अलग काउन्सिलिङ गरेर बालविवाहको विषयमा प्रशस्त छलफल गर्नु पर्छ । बालविवाह गरिसकेपछि उनीहरूको दाम्पत्य जीवनमा आउनसक्ने अप्ठेरा, नराम्रा पक्ष र त्यसलाई समाधान गर्नसक्ने सम्भावना, सीपको बारेमा छलफल गर्नु पर्छ ।

कानूनको बारेमा बुझाउनुपर्छ । हामीले यति गरिसकेपछि फेरि दुवै जनालाई सँगै राखेर उनीहरूको जीवनको बारेमा छलफल गर्नु पर्छ । यति गरिसकेपछि मात्र केटाकेटीलाई छुट्याउनुपर्छ ।

नभए बाबुआमा, स्थानीय, प्रहरीले जबरजस्ती छुट्यायो भने यसले नकारात्कमक असर पुर्‍याउन सक्छ । डिप्रेसनमा पुर्‍याउन सक्छ । 

प्रेममा असफल भएकै कारणबाट बालबालिकाहरूले आत्महत्या गरेको, डिप्रेसनमा गएका घटनाहरू धेरै छन् । यो दुर्घटनाबाट बचाउनको लागि बालबालिकालाई काउन्सिलिङ गर्न आवश्यक छ ।

हाम्रो राज्यले बालविवाह कानूनी रूपमा बर्जित छ मात्र भन्यो । तर, त्यसका लागि के गर्ने भन्ने काम गरेन । कानूनी सचेतना पुगेको छैन । अभिभावकलाई मनोशिक्षा पुगेन र बालबालिकालाई पनि किशोरकिशोरी स्वास्थ्य सचेतनाको बारेमा बुझाउन सकेको छैन ।

यसमा बालबालिकाको दोष होइन । बालविवाहले भोलि मेरो जीवनलाई दुःखी बनाउँछ, मेरो परिवार, मेरा छोराछोरीले दुःख पाउन सक्छन् भन्ने थाहा नपाएर विवाह गरेको हुन्छ । यसमा समाजलाई सचेत बनाउन आवश्यक छ । 

यो उमेरका बालबालिकाले के राम्रो, के नराम्रो भन्ने बुझेका हुँदैनन् । यस्तो वेलामा कानूनको पछाडि लागेर, हाम्रो संस्कारको पछाडि लागेर जबरजस्ती छुट्याउनु हुँदैन । सम्झाइबुझाइ गरेर पनि छुट्टिन मानेनन् भने उमेर पुगेपछि त्यही केटासँग वा त्यही केटीसँग बिहे गर्ने भन्ने सहमति अनुसार मित्रताको रूपमा कायम गरी राख्न सकिन्छ । 

यो चेतना समाजलाई बुझाउन पनि सकिएको छैन । अर्को कुरा यस्ता गतिविधिले मनोवैज्ञानिक असर गर्छ भन्ने कुरा राज्यलाई पनि कम महसूस भएको देखिन्छ ।

परिवारको भूमिका

राज्यको आ–आफ्नो नियम र कानूनहरू हुन्छन् । हाम्रो देशको सन्दर्भमा २० वर्षपछि बिहे गर्ने उमेर उपयुक्त नै हो । 

हिजोको समयमा बालबालिकाको किशोरवास्थामा प्रवेश गर्ने उमेर र अहिलेका बालबालिकाको उमेरमा फरक देखिन्छ । अहिलेका बालबालिकामा छिटो वृद्वि विकास भएको पाइन्छ । 

२० वर्षमुनिकोे उमेर भनेको किशोर अवस्था पार गरिसकेको अवस्था होइन । यो वेला दिमागको विकास पनि  राम्रोसँग भइसकेको हुँदैन । भावनामा बहने, इमोशनल हुने लगायत व्यावहारिक रूपमा काँचै हुन्छन् । 

अहिलेको प्रविधिले बालबालिकामा जिज्ञासा बढाइरहेको छ । यो स्वाभाविक रूपमा उमेरगत विशेषता पनि हो । किनभने यो उमेरमा बालबालिकाहरूले जीवनलाई गुलाबी आँखाबाट हेर्छ । किशोर अवस्थामा विपरीत लिङ्गप्रतिको आकर्षण र जिज्ञासा धेरै हुन्छ ।

यो जिज्ञासालाई स्वस्थ तरिकाबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा हाम्रो परिवार, समाज, विद्यालयले सिकाउन सकेको छैन ।

अभिभावक भनेको बालबालिकाहरूको साथी पनि हो । अभिभावकले तीन वटा भूमिका सँगसँगै निभाउनुपर्छ । विवाह भनेको के हो ? वैवाहिक जीवन कसरी बिताउन सकिन्छ । हाम्रो जीवन कसरी बितिरहेको छ । यसमा कस्तो समस्या आउँछ यी सबै कुरा अभिभावकले छोराछोरीसँग गर्नुपर्छ भने छोराछोरीका मनका कुरा पनि सुनिदिनुपर्छ ।

अहिलेको प्रविधिले बालबालिकामा जिज्ञासा बढाइरहेको छ । यो स्वाभाविक रूपमा उमेरगत विशेषता पनि हो । किनभने यो उमेरमा बालबालिकाहरूले जीवनलाई गुलाबी आँखाबाट हेर्छ । किशोर अवस्थामा विपरीत लिङ्गप्रतिको आकर्षण र जिज्ञासा धेरै हुन्छ ।

अर्को कुरा; छोराछोरी कहाँ गइरहेका छन् ? कस्तो साथी बनाइरहेका छन् ? उनीहरूले सामाजिक सञ्जालमा समय बिताइराख्दा कस्ता विषयवस्तु हेरिरहेका छन् भन्ने कुराको निगरानी अभिभावकले गर्नुपर्छ ।

अभिभावकले छोराछोरीलाई माया दिनु आवश्यक छ र समय पनि दिनुपर्छ । बालबालिकाले कुनै नराम्रो काम गरे भने कतिपय गल्तीलाई माफी दिन पनि सक्नुपर्छ ।

अभिभावकले फराकिलो हृदय बनाएर तिमीले जानेर यो गल्ती गरेको होइन, यो विषयले तिम्रो जीवनमा दुर्घटना निम्त्याउन सक्छ, तिम्रो बाँकी जीवन दुःखी हुन सक्छ । यसकारण तिमीले गरेको यो कुरा राम्रो होइन भनेर सम्झाउनुपर्छ । 

मैले अहिलेसम्म जति पनि घटना देखेको छु, ती सबै बालबालिकाले नबुझेर भएका हुन् । बालविवाह पनि यस्तै हो । यो विषयमा केटाकेटीहरूले राम्रोसँग बुझेका छैनन् ।

मनोशिक्षा आवश्यक

राज्यले विद्यालय शिक्षामा किशोरकिशोरी स्वास्थ्य सचेतना कार्यक्रम नियमित गर्नुपर्छ । किशोरावस्थामा कस्तो परिवर्तन आउँछ, माया भनेको के हो, मित्रता भनेको के हो ? भन्नेबारे विद्यालयमा सिकाउन आवश्यक छ ।

विवाह भनेको के हो ? कुन उमेरमा विवाह गर्नुपर्छ ? बालविवाह भनेको के हो ? किन गर्नु हुँदैन ? सन्तान जन्माउनु भनेको के हो ? गर्भपतन भनेको के हो ? गर्भपतनले स्वास्थ्यमा कस्तो असर पर्छ ? कुलत भनेको के हो ? यसबाट कसरी बच्ने ? खिसीटिउरी के हो ? यसबाट कसरी बच्न सकिन्छ । यस्ता कुराहरू राज्यले विद्यालय शिक्षामार्फत सिकाउनुपर्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा; अभिभावकलाई मनोशिक्षा दिनुपर्छ । यसबाट यस्ता समस्याको न्यूनीकरण गर्न सकिन्छ । कानून मात्र बनाएर समस्याको न्यूनीकरण हुन सक्दैन ।

(बालमनोविद् खनालसँगको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved