झापा- रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् ।
बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ ।
उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थान र आफन्तको घरतर्फ सारिएको जनाइएको छ ।
त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बनियानी- सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा...
काठमाडौं- सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको...
विराटनगर- अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
काठमाडौं- जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले...
झापा- झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटुङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा...