आजकाल नेपाली युवामा ‘कमेडी’ त्यसमा पनि ‘स्ट्यान्डअप कमेडी’को ‘क्रेज’ बढ्दो छ । पहिले–पहिले चुट्किला, क्यारिकेचर, समसामयिक विषयवस्तुमाथि व्यङ्ग गरेर हँसाइने कमेडी क्षेत्र आजकल कमेडी ब्याटल, रोष्ट, स्ट्यान्डअप कमेडी आदिमा परिमार्जित भएका छन् ।
यस्तै कमेडीयनका रूपमा परिचित नाम हो लेखमणि त्रिताल । उत्कृष्ट कन्टेन्ट र पन्चलाइन दिन खप्पिस त्रिताललाई समय सान्दर्भिक विषयवस्तुमाथि चोटिलो प्रहार गर्नसक्ने ‘स्ट्यान्डअप कमेडी’को हिरो भन्दा फरक नपर्ला ।
कमेडी क्षेत्रमा उहाँलाई ‘रमेश अंकलको छोरा’ भनेर पनि चिनिन्छ । नेपग्याजम यूट्युब शोदेखि लाइभ कार्यक्रमसम्म व्यस्त रहने लेखमणिले कालापत्थरमा स्ट्यान्डअप कमेडी गेरेर विश्व कीर्तिमान राख्नुभएको छ ।
यी नै हास्य कलाकार लेखमणि त्रिताललाई गीताञ्जली दाहालको १५ प्रश्न:
१. तपाईं त विश्व रेकर्डवाला पर्नुभो ! हास्यव्यङ्ग विधामा कसरी आउनुभयो ? रहर, बाध्यता वा योग्य भएर ?
योग्य भएरै आएँ नि ! (हाँसो) रहर त यसै थियो त्यसैले सानैबाट गरिराखेको थिएँ । पछि युट्युबबाट गर्न थालें ।
२. हालको कामधाम के छ ?
नेपग्याजममै व्यस्त छु । हरेक हप्ता नयाँ भिडिओ बनाउने अनि राख्ने भैराखेको छ ।
३. कमेडीयन भएर अरूलाई मात्र हसाउने, खुशी पार्ने गर्नुहुन्छ कि आफू पनि खुशी हुनुहुन्छ ?
म त एकदमै खुशी छु । आफूलाई मनपर्ने काम गर्न पाउँदा त जो कोही खुशी हुन्छ ।
४. हसाउने काम सजिलै त होला होइन ?
गाह्रो छ । एउटै कुराले सबैलाई हाँसो नलाग्न सक्छ ।
५. दर्शक–स्रोताको प्रतिक्रिया कस्तो पाउनुहुन्छ ?
राम्रो पाउँछु नि । त्यसैले त ४/५ वर्षदेखि यही क्षेत्रमा छु ।
६. कमेडीयन भएर पैसा कमाइने रहेछ त ?
कमाइन्छ नि ! मेरो त फुलटाइम प्रोफेसन नै यही हो ।
७. ‘रमेश अंकलको छोरा’ भनेर आफूलाई चिनाउनुहुन्छ । यो क्यारेक्टर कसरी आयो ?
यो क्यारेक्टर मेरो दोस्रो भिडिओ ‘स्मोकिग विड फर द फस्ट टाइम’बाट आयो । पछि धेरैले मन पराउनुभयो ।
८. अरूलाई हसाउन खोज्दा आफैंलाई हाँसो लाग्दैन भन्या ?
लाग्छ नि ! त्यही भएर त म भिडिओको बीच–बीचमा हाँसिराख्या हुन्छु ।
९. ‘कन्टेन्ट’ कहाँबाट ल्याउनुहुन्छ ? पन्चलाइन कसरी फुर्छ ?
यही काम गरिराख्ने भएकाले कन्टेन्ट फुरिराख्छ । दिमाग जति चलायो त्यति नै चल्ने भएकाले त्यसै अनुसार कन्टेन्ट आउँछ र पन्चलाइन फुर्छ ।
१०. नेपग्याजममा ‘नाटकै हो’ शो चलाउने विचार कसरी बन्यो ?
‘नाटकै हो’ मह जोडीले गर्नुभएको प्रहसनको प्रतिबिम्ब हो । त्यही चिज फेरि गर्न खोजेका हौं । यो प्रहसन हो तर हामीले ‘नाटकै हो’ भन्ने नाम दियौं ।
११. ‘नाटकै हो’ शोमा प्राय: फिमेल पार्टनरका रूपमा सिताजी सँगै देखिनुहुन्छ । अन्य महिला कमेडीयन नभएर हो वा उहाँसँग केमेस्ट्री मिल्ने भएर हो ?
शायद तपाईंले उहाँ र म मात्र भएको भिडिओ हेर्नुभयो कि ! अन्य महिलाहरू सामना, प्रान्जु, सन्ध्या, नारिया पनि हुनुहुन्छ भिडिओमा । पछिल्लो समय सामना श्रेष्ठ निरन्तर रूपमा आइरहनुभएको छ । आगामी भिडिओमा अरू नयाँ कलाकार पनि आउनुहुनेछ ।
१२. लाइभ शो गर्न रमाइलो कि रेकर्डेड ?
लाइभ सो गर्नै मजा नि !
१३. आफ्नो प्रस्तुतिमा दर्शक नहाँसेको कुनै पल छ ? कसरी आफू अनि दर्शकलाई सम्हाल्नुहुन्छ त्यस्तो वेला ?
नहाँसेका पल छन् । त्यति वेला अर्को जोक सुनाएर हसाउने प्रयास गर्छु ।
१४. कालापत्थरमा पुगेर स्ट्यान्डअप कमेडी गेरेर विश्व कीर्तिमान राख्नुभयो । कमेडी गरेर गिनिज बुकमा नाम लेखाउने सोच कसरी आयो ?
मेरो व्यक्तिगत सोच भन्दा पनि नेपग्याजम कमेडी टीमको सोच हो । देशको लागि केही गरियो, विदेशमा पनि नाम रहोस् भन्ने हेतुले गरिएको हो ।
१५. विश्व रेकर्ड राख्दै गर्दाका अनुभव शेयर गर्नुहोस् न ?
विश्व रेकर्ड राख्दै गर्दाका अनुभव शब्दमा बयान गर्न असम्भव छ । एकदम खुशी छु । विश्व कीर्तिमान कायम गर्नु आफैंमा ठूलो उपलब्धि हो । विश्व रेकर्ड राख्ने सोच आएदेखि गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट हात पर्दासम्मका अनुभव निकै रमाइला रहे । नेपग्याजम टीमको निरन्तर प्रयासले यो सफल भएको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...