ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १८:४१:१८
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

४४ सय मतान्तरले बालेन अघि अघि, स्थापित पछि पछि

नेपालमत

मंगलबार, ३ जेठ, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४ हजार ४५७ मतान्तर बनाउनु भएको छ ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६८६ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाउनु भएको छ  भने कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाउनु भएको छ । 

यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल ९ हजार ४२१ मत पाएर अगाडि हुनुहुन्छ  । उहाँका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाउनु भएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal