डोटी- ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले निकालेको ¥यालीमा सहभागी भएको उक्त ट्र्याक्टर दुर्घटना भएको हो ।
¥यालीमा सहभागी भएका कम्तीमा पनि २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ ।
घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये १४ वर्षीया मनिषा जोशीलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र अर्का १० वर्षीय अनिल खड्कालाई पनि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारि दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
राजविराज - सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण...
बनियानी- सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा...
काठमाडौं- सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको...
विराटनगर- अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
काठमाडौं- जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले...