काठमाडौं- सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो ।
बैठक मङ्गलाबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा आज मात्रै सभामुख अग्निप्रसाद सापकोटाले जानकारी लिनुभएको छ ।
बानेश्वरस्थित सङ्घीय संसद्भवन रहेको सम्मेलन केन्द्रमा पुगेर उहाँले बैठकको तयारीका बारेमा जानकारी लिनुभएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै, सभामुख सापकोटाले मङ्गलबार दिउँसो २ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को लगातारको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, अमेरिकी सहयोग परियोजना ९एमसिसी०लगायतका केही विषयलाई भने प्रतिनिधिसभाले निष्कर्षमा पु¥याएको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूची लगायतका विषयमा निर्णय गर्नेछ । एमालेले बैठकमा के गर्ला भन्ने चासो पनि उत्तिकै छ । त्यसो त सङ्घीय संसद् सचिवालयका तर्फबाट केही सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुहुनेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नुहुनेछ ।
त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बनियानी- सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा...
काठमाडौं- सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको...
विराटनगर- अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
काठमाडौं- जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले...
झापा- झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटुङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा...