• शुक्रबार, १४ बैशाख, २०८१
  • ०५:०५:२५
  • नेपालीको अभिमत

समाचार

विजयी उत्सव मनाउँदा करेन्ट लागेर २ जनाको मृत्यु

नेपालमत

सोमबार, २ जेठ, २०७९

सल्यान- विजयी उत्सव मनाउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ । 

कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

करेन्ट लाग्दा १० जना बढी घाइते भएका छन् । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान भएको छैन ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved