नछोऊ मलाई नछोऊ
मेरा शालिकहरूलाई नछोऊ
ममाथि पुष्पवृष्टि नगर
मेरो समीप नआऊ
तिम्रो आफ्नै आँगन हो लुम्बिनी
त्यतै छ तिलौराकोट पनि
त्यही मेरो जन्मस्थल हो
मेरो बालापन अनि
यौवनका मधुर पलहरू
बितेको प्रिय स्थल यही हो
यहींबाट विश्व शान्तिको दीप बाल्न
मैले दरबार त्यागें, घरबार त्यागें
यौवना यशोधरालाई सुम्सुम्याउन
छोडें मैले
कलिलो राहुललाई पुल्पुल्याउन
छोडें मैले
असङ्ख्य यशोधराहरूका खुशीका खातिर
आफ्नी यशोधरालाई दु:खाएँ
अगणित राहुलहरूका मृदु मुस्कानका खातिर
आफ्नो प्यारो राहुललाई रुवाएँ
मैले सृष्टिभरि शान्तिको दुन्दुभि बजाएँ
विश्व विजेता अशोकलाई
पराजित गरि
शान्तिको पथमा हिंड्न लगाएँ
तर, घोर अनर्थ गर्यौ तिमीले
मेरो पवित्र माटोमा
मेरो दर्शनलाई चात्यौ
सत्ताको तुच्छ स्वार्थका लागि
मुक्ति शब्दको अपमान गर्यौ
मेरो पवित्र धरामा
यशोधराहरूलाई बिधवा बनायौ
राहुलहरूलाई टुहुरा बनायौ
फेरि पनि तिमी शान्तिका कुरा गर्छौ
मेरो पूजा गर्न खोज्छौ
पर्दैन
मेरो नजिक नआऊ
मलाई नछोऊ
मेरा मूर्तिहरूलाई नछोऊ
मेरा शालिकमा पुष्पवृष्टि नगर
किनभने
तिम्रा हातहरू
स्वजनका रगतले
लतपतिएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...