• शुक्रबार, ७ बैशाख, २०८१
  • १५:५९:१९
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

२०७८ को नइ पुरस्कार ६ जनाले पाउने 

नेपालमत

आइतबार, १ जेठ, २०७९

काठमाडौं - नइ प्रकाशनले २०७८ सालको नइ पुरस्कार घोषणा गरेको छ ।

६ जनालाई नइ प्रकाशनबाट सम्मानित गरिन लागेको प्रकाशनले जनाएको छ । 

सुनगाभा विशेषज्ञ प्रा. डा. विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गरिने भएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलीङ्गी भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने छ । 

यी तीनै पुरस्कारको राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेको छ । 

साथै मिस नेवा कृसा महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने प्रकाशनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले यी निर्णय लिएको हो।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved