• बुधबार, १२ बैशाख, २०८१
  • ०२:१८:२१
  • नेपालीको अभिमत

समय

न्युयोर्कमा गोली प्रहार, १० जनाको मृत्यु

एजेन्सी

आइतबार, १ जेठ, २०७९

अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

न्युयोर्क राज्यको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो ।गोली लागेर अरु केही घाइते पनि भएका छन् ।

अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी)का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।

सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved