• शनिबार, ८ बैशाख, २०८१
  • १७:३९:१४
  • नेपालीको अभिमत

मनोरञ्जन

विदेश राइट्सबाटै ‘कबड्डी ४’ले कमायो २ करोड

नेपालमत

शुक्रबार, ३० बैशाख, २०७९

काठमाडौं - जेठ १३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली बहुप्रतीक्षित फिल्म ‘कबड्डी ४’ नेपालसँगै विदेशी भूमिमा पनि प्रदर्शनका लागि तयारीमा अवस्थामा छ । 

बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, हङकङ, जापान, क्यानडालगायतका देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । 

जसबाट निर्माताको हातमा २ करोड परेको छ । नेपाल प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्मको डिजिटल राइट्स पनि महंगोमा विक्री भइसकेको जानकारी प्राप्त छ ।
 
कोरोना महामारीका कारण ‘कबड्डी’को तेस्रो सिरिजको विदेश प्रदर्शन गतिलो लयमा थिएन । फिल्मको ट्रेलर र ‘केशरी’ बोलको गीतले नेपाल र विदेशमा जबर्जस्त हाइप बनेको छ । 

त्यसमाथि यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले दर्शकहरु फिल्म हेर्नका लागि औंला भाँचेर बसेका छन् । 

यसपटक काजी (दयाहाङ राई)को बिहे हुन्छ कि हुँदैन भन्ने कुराले पनि प्रतिक्षीत बनेको यस फिल्मले नेपालमा २०७८ यताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने धेरैको विश्लेषण छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलावा सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved