• शुक्रबार, ७ बैशाख, २०८१
  • १३:००:५५
  • नेपालीको अभिमत

अभिमत / विचार

जिते पनि हारे पनि मैदानमै रहुन् बालेनहरू

सुमन शर्मा

शुक्रबार, ३० बैशाख, २०७९

णतन्त्र आएपछि अधिकार सम्पन्न स्थानीय तहमा नयाँ नेतृत्व छान्नका लागि दोस्रो कार्यकालको मतदान सकिएको छ । गोप्य मतदान मार्फत् जनताको अभिमतको परिणाम व्यालेट खोलेपछि थाहा हुने नै छ । तर, चुनाव अघि र पछिका जनअपेक्षा भने सँधै उस्तै हुने गर्छन् । 

आधुनिक लोकतान्त्रिक राज्य व्यबस्थाको मुख्य आधार चुनाव हो । जनताबाट निर्बाचित नेतृत्वले शासन गर्ने व्यवस्था बाहेक अर्को कुनै लोकतान्त्रिक व्यवस्था अहिलेसम्म परिकल्पना गरिएको छैन । नेपाल कानूनी तथा राजनीतिक रुपमा पूर्ण लोकतान्त्रिक राज्य व्यवस्था भएको मुलुक हो । यहाँ राजनीतिक दलहरुले नेतृत्व गरेको लामो संघर्ष पछी लोकतन्त्र स्थापना भएको हो । 

राजनीतिक ब्यबस्था सर्बोत्तम भएपनि जनताको दैनिक जीवन ब्यबस्थापनमा राजनीतिक दलहरुले उल्लेख्य योगदान गर्न नसक्दा जनतामा ठूला दलहरु र मुख्य नेतृत्व प्रति निराशा पैदा भएको छ । दलहरुको अकर्मण्यता र जनताको निराशाको बिचमा स्वतन्त्र रुपमा जनताको सेवा गर्न चाहने व्यक्ति र ससाना बैकल्पिक संस्थाहरुप्रति जनताको आशा बढेको छ । 

लोकतान्त्रिक व्यवस्थाकै देन हो कि जनतामा पनि अब आफूमाथि शासन गर्ने व्यक्ति योग्य छ कि छैन छुट्याउने क्षमता बढेको छ । राजनीतिक बिरासत भित्रबाट पार्टीहरुले उभ्याएका हुनाले होइनकी समाजको आजको आवश्यता पुरा गर्ने र समृद्ध भविष्यको योजना प्रस्तुत गर्न सक्ने ब्यक्तित्वहरु मात्रै अहिले जनताको आशाको केन्द्रमा छन् । 

यो बर्ष भरि नेपालमा हुने बिभिन्न तहका चुनावमा जनताले उम्मेदवारको योग्यताका मापदण्डहरु फेरेका छन् । पार्टीमा योगदान गरेको वा हिजोका राजनीतिक आन्दोलनमा सहभागी भएको आधारलाई नेपाली मतदाताले अब उम्मेदवारको योग्यता मान्ने देखिदैन । अहिलेको जनताको आवश्यकता र पत्यारिला भावी योजनालाई मतदाताले चयनको मापदण्ड बनाउने देखिन्छ । 

बैकल्पिक राजनीतिक नेतृत्व वा धार निर्माण गर्न राजनीतिक मैदानमा आएका नयाँ पुस्ता प्रति पुरानो पुस्ताको भरोसा र नयाँ पुस्ताको बिश्वास पनि जोडिएको देखिन्छ । अहिलेका राजनीतिक,  सामाजिक आवश्यकताको सम्बोधन गर्ने एजेन्डा लिएर चुनाबी समरमा होमिएको पुस्ताको चुनावी परिणाम आउनु अघि नै उनीहरुले झन्डै विजय हासिल गरिरहेका हुन्छन् । र, जनताको आशाको सम्बोधन पनि गरिरहेका हुन्छन् । उनीहरुले हार्नु जनताको नयाँ चेतना र आशाको पराजय हुनु जस्तो पनि देखिन्छ । तर, उनीहरु फेरि पनि मैदानमै रहुन् । धैर्यता गरुन् । 

चुनाबी लडाइँमा हार वा जित जे भए पनि सँधै जनताको बिचमा भैरहन सक्नु नै बैकल्पिक नेतृत्वको अर्को योग्यता हो । बिगतका चुनाबी मैदानमा ठूलो सद्भाव भोट प्राप्त गरेका केहि उम्मेदवारको धैर्यता र दीर्घकालीन राजनीतिक योजना नहुँदा जनतामा फेरी निराशा फैलिने गरेको छ । त्यसैले अहिलेको लोकतन्त्र प्रति गहिरो आस्था छ र जनताको निरन्तर सेवा गर्ने योजना छ भने हार र जीतको परिणाम कुर्ने होइनकी उनीहरु निरन्तर राजनीतिक उत्प्रेरक बनिरहनु पर्दछ ।

जनताले अहिले खोजेको योग्य, जीवन्त र निरन्तरता सहितको प्रत्यक्ष नेतृत्व हो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved