धुलिखेल - सफा पनि अनि मिठो पनि भए पछि कल्पना गरौं त बाँकी कति गजव होला ? हो, सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह संगै भए पछि सन्दर्भ यस्तै भयो ।
आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई संगै राख्यो र छलफल गर्यो ।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा गजवले छलफल भएको कार्यक्रमको निष्कर्ष थियो मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो ।
शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव सुनाउनु भएको थियो ।
अष्ट्रेलियामा बस्ने भए पनि खेम शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीर अस्पताल सफा गरेपछि खुवै चर्चामा हुनुहुन्छ । उहाँले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, सार्वजनिक शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उहाँले त्यहाँ प्रस्तुत गर्नुभयो ।
बेलायत हुँदै देशविदेशमा चर्चामा रहनु भएका सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । आफ्ना सङ्घर्षका कथा सुनाउँदै उहाँले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकिन्छ भन्ने आफ्नो धारणा राख्नुभयो ।
आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहनुभएका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा. सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा छलफल र चर्चा हुनु निकै सान्दर्भिक भएको बताउनु भयो ।
अस्पतालका प्रमुख डा. रामकण्ठ माकजुले छलफलमा सहजीकरण गर्नु भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...
बाँके- थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु...
काठमाडौं– काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय...
काठमाडौं– आज बाट ललितपुर महानगरपालिका भित्र पानीपुरी चटपटे बेच्न नपाइने भएको छ । हैजाको जोखिम बढेको भन्दै महानगरले पानीपुरी चटपटे बेच्न रोक लागाएको हो । पानीपुरीमा प्रयोग...
काठमाडौं–सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर...