• बिहीबार, १३ बैशाख, २०८१
  • १५:१८:४०
  • नेपालीको अभिमत

मल्टिमिडिया

अचम्म लाग्छ…

शीतल भण्डारी

बिहीबार, २९ बैशाख, २०७९

परिस्थिति प्रतिकूल भई वातावरण घुमिल भइरहँदा पनि
देखेर तिम्रो शालीनता अचम्म लाग्छ 

विम्व नियालेर कहाँ चिन्न सकिने रहेछ र खुबीहरु
प्रत्यक्ष देखेपछि अनौठा तिम्रा प्रतिभा अचम्म लाग्छ 
हावा, हुरी र झटारोयुक्त वर्षाको संकेत भइसक्दा पनि
देखेर तिम्रो सौम्य अति धैर्यता अचम्म लाग्छ 

झट्ट हेर्दा आँखा जुधाउँन गार्हो लाग्ने तिम्रो व्यक्तित्व
कपासझैं नरम स्वभाव अनि ममतामयी मन अचम्म लाग्छ 
जीवन जिउने कला सिकोस त कसैले तिमीबाट सिकोस्
तिम्रो उदारता अति प्रखरतादेखि अचम्म लाग्छ

हरेक अप्ठ्याराहरुका सजिला र सकारात्मक पक्ष भेटाउन सक्ने
तिम्रो दृश्य आँकलन देखेर अचम्म लाग्छ 

 


विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष  पुर्‍याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक

शीतल भण्डारी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २९ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • कसरी बिर्सन्छौ ?

    तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन     अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...

  • शीतल कुञ्ज १९ः बालापनको याद मिठो

    पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला  कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला  नडडाँडाका अमला र बेलौती नी कति खाइयो  खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो  मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ  बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ  अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो  त्यसैले त भनिन्छ नि बालापनको याद मिठो  खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी      नुनचुक बाँधी...

  • नेपालमत

    पराजय स्वीकार्दै कमल थापाले भने- देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु

    नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई...

  • नेपालमत

    ६० काटेकालाई भोट हाल्दै हाल्दिन : दीपकराज गिरी

    अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गर्दै लेख्नुभएको छ:- सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो...

  • कठै दया लाग्छ तिम्रो सोचाईको स्तर देखेर घरी घरी

    जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो  प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो  खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी  कति गर्छौ दुरुपयोग पद अनि चिनजानको  मानौंं तिमी एक अजम्बरी झैंं गरी  कठै दया लाग्छ तिम्रो सोचाइँको  स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि  कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved