काठमाडौं - निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारको सामाग्री भए तत्काल हटाउन निर्देशन दिएको छ। मौन अवधिमा प्रचार प्रसारका सामाग्री हटाउन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनको दिन सार्वजनिक यातायात रोक्ने देखि मौन अवधि लागू भएपछि मदिरा बिक्री वितरणमा रोक लगाएको उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
सुरक्षाका हिसाबले पनि सवै तयारी पूर्ण भएको आयोगले जनाएको छ। आयोगले सवै व्यवस्था मिलाएकाले निर्धक्क भएर मतदानमा गर्न अपिल गरेको छ।
विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाएका कारण निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने अनुमान आयोगले गरेको छ।
निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरुको कमी देखिएता पनि आचारसंहिता विपरीत धेरै गाडीहरु, कतैकतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्ने गरी माइकिङ, सांगितिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको आयोगले जनाएको छ ।
यस पटकको निर्वाचनमा आचार संहिता उल्लघंनका घटनाहरु शहरी क्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा बढी भएका सूचनाहरु प्राप्त भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने प्रकृतिका हिंसात्मक घटनाका जानकारी प्राप्त भएको भन्दै आयोगले सुरक्षा व्यवस्थामा अझै कडाई गर्नु पर्ने आवश्यकता देखिएको बताएको छ ।
आचार संहिता उल्लंघन सम्बन्धिका उजुरीउपर निर्वाचन आयोगले ध्यानाकर्षण गराउने र स्पष्टीकरणसम्म सोध्ने काम भएपनि आचारसंहिता उल्लंघनमा सुधार नआएको आयोगको भनाइ छ ।
२७ वैशाख रातिदेखि मौन अवधि सुरु हुन गइरहेको भन्दै आयोगले मौन अवधिमा धेरै किसिमका घटनाहरु घटेका विगतका निर्वाचनहरुको अनुभव रहेको भन्दै यो अवस्थामा निर्वाचनलाई भयरहित, स्वतन्त्र र पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र निर्वाचनमा आम नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्ने दायित्व सबैको हो ।
निर्वाचन पर्यवेक्षण समिति नेपाल ९इओसी नेपाल० ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - बाजुराको बूढीगंगा नगरपालिकामा कडा सुरक्षाकाबीच निर्वाचन सम्पन्न भएको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएर पाँच बजेसम्म मतदान सम्पन्न भएको मुख्य...
गत २४ माघमा सरकारले स्थानीय तह निर्वाचन मिति (३० वैशाख २०७९) घोषणा गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरूले गरेको निर्णय थियो– आफ्नै भत्ता बढाउने। प्रमुख निर्वाचन आयुक्तसहित...
भादगाउँ - जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत...
काठमाडौँ – विराटनगर महानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । शनिबार भएको मतदानमा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना विजयी...
पोखरा - पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी...