काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।
उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।
सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताउनु भयो ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि बुधबार फाइनल खेल हुने भएको छ । त्रिभुवन आर्मी र चर्च व्वाईज वीच...
काठमाडौं - नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छानिएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा...