• बिहीबार, १३ बैशाख, २०८१
  • १९:३२:१५
  • नेपालीको अभिमत

सोसल फोरम

‘ओलीले बुद्धिजीवीका गर्भेनाडी पनि छामेका छन्’

जे पी नरेन्द्र

सोमबार, २६ बैशाख, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा बुद्धिजीवीलाई मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु, मैले उखान टुक्का भन्छु भनेर उनले जे भने शतप्रतिशत ठिक भने । उनले शक्ति र सत्ताको केन्द्रमा बसेर बुद्धिजीवीका दिल र दिमाग मात्रै हैन गर्भेनाडी पनि छामेका छन् । उनका प्रशंसामा गरिने बौद्धिक चाकरीलाई राम्रै बुझेका छन् । शक्तिमा रहुन्जेलमात्रै चाकरी हुन्छ भन्ने इतिहासका शिक्षा बुझेका छन् ।

शक्ति अलिकति खस्कने बित्तिकै जहाज डुब्नथाल्दा मुसा समुन्द्रमा पहिला हाम फाल्छन् भन्नेकुरा उनले हेक्का राख्छन् । बुद्धिजीवी सबभन्दा बिकाउ माल हो भन्ने हरेक शक्तिकेन्द्रले बुझ्छ । माथि उक्लन कति गिर्न सक्छन् भन्ने परीक्षा लिएका हुन्छन् । जुन विषयका विशेषज्ञ हुन् त्यसैको हुर्मत लिएको उनले देखेका छन् ।

अवैज्ञानिक कुरागर्दा वैज्ञानिक थप्पडी बजार्छ, मिथकलाई इतिहास बनाउदा पुरातत्वविद् र इतिहासकार ताली ठोक्छन् । अराजनीतिक अभ्यास गर्दा साक्षी किनारामा बस्छन् । एउटा डाक्टर विज्ञानमा नभै भगवान भरोसे हुन्छ र कसाइ झै व्यवहार गर्छ, एउटा प्रोफेसर शिक्षा व्यापारी बनेर पसल खोल्छ, इतिहासकार मिथकलाई इतिहास बनाँउछ, एउटा दर्शनशास्त्री तर्कलाई भ्रष्टिकरण गर्छ, एउटा सल्लाहकार चाकरी गर्छ, एउटा वैज्ञानिक अवैज्ञानिक बाटो हिड्छ, एउटा अभियन्ता हिजो पनि ठिक आज पनि ठिक भनेर सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेर्न सुखमय जिउनलाई बुद्धि र विवेक खर्चगर्ने सुकुलगुन्डा बन्न सक्छ ।  

एउटा किसान र मजदुरभन्दा तुच्छ दर्जाका मानवता रित्तिएका मान्छे हुन्छन् तव त्यस्ता मान्छे के बुद्धिजीवी हुनसक्छन् ?  कमरेड ओलीले हिजोका र आजका मान्छे, मानव र कमरेड देखेका छन् । हिजोका त्याग, बलिदान र आदर्श खारिएका बुद्धिजीवी मत बजाउन सक्थे, शक्तिसँग विवेकको भिडन्त गराउन सक्थे । उनले चाणक्य सन्जु, म्याकियाभेली पढेका छन् । विदुरले धृतराष्ट्रलाई दिएको सल्लाह महाख्यान अध्ययन गरेका छन् ।

व्यास रचित महाभारत सूक्ष्म नियालेका छन् । अहिलेका लम्पसारवादी शिक्षित मान्छेले विवेक कसरी समर्पण गरेर मान, पदवी, सुविधा र सम्मान खोज्छन् भनेर पनि नाङ्गा अनुहार देखे, चिनेका छन् । तव कहाँ, कसले, कसरी बुद्धि खर्च गरेको छ भन्ने मिहिन तरिकाले थाहा पाएको हुँदा उनले जे पोखरामा भने शतप्रतिशत ठिक भने ।

https://www.facebook.com/narendrajp

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved