एजेन्सी-पाकिस्तानको लाहोरमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी २२ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएका छन् ।
लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम वम)भएको बुभिएको छ ।”
पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ ।
आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक...
अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया...
अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण...
काठमाडौं - अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा...
चितवन - किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन्। किसान आयोगले चितवन नारायणगढमा फागुन २१ गते आयोजना गरेको...