• बुधबार, १२ बैशाख, २०८१
  • ०६:५८:१०
  • नेपालीको अभिमत

स्वास्थ्य

बाजुरामा २१ जनामा कोरोना 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

बाजुरा- बाजुरामा बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुरामा ३३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५ जनामा र १५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख देखनाथ न्यौपानेले बताउनु भएको छ ।

पिसिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका १५ जना मध्ये १३ जना बडिमालिका नगरपालिकाका र २ जना गौमुल गाँउपालिकाका छन् ।

त्यस्तै, भारतबाट फर्किएका विभिन्न १५ जनामा एन्टिजेन परीक्षण गरिएको हो ।

संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा छन् ।

उनीहरुको स्वास्थ्य अवस्था  सामान्य रहेको  जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved