पाल्पा- पाल्पामा बिहीबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार एन्टिजेन र पिसिआर गरी कुल ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ४९ जना संक्रमित देखिएका हुन् ।
जिल्लाको तानसेन नगरपालिकाका ३५ तथा माथागढी गाउँपालिकाका २ जना, रैनादेवी छहराका ६ जना, बगनासकालीका ४ जना, तिनाउँका १ र रिब्दीकोट गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
योसंगै पाल्पामा सक्रिय संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।
जसमध्ये ३ जना अस्पतालमा भर्ना भएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जनाकारी दिनुभयो ।
पाल्पामा कोरोना संक्रमणका कारण हालसम्म २ सय ५७ जनाको मृत्यु भैसकेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आजदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो...
नेपालगञ्ज - बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका...
लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बिमा कार्यक्रम...
काठमाडौं- आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री बस्नेतले आफनो कार्यअवधिको...