• बिहीबार, १३ बैशाख, २०८१
  • ००:००:१२
  • नेपालीको अभिमत

समय

भारतमा एकैदिन ३ लाख १७ हजारमा कोरोना पुष्टि

नेपालमत

बिहीबार, ६ माघ, २०७८

एजेन्सी-भारतमा एकैदिन  तीन लाख १७ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

२४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ । भारतमा बुधबार  दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । 

भारतमा  सङ्ख्या १९ लाख २४ हजार ५१ सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बुधकार त्यहाँ  ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ८७ हजार ६९३ पुगेको  छ । 

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved