• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:५६:४१
  • नेपालीको अभिमत

स्वास्थ्य

घटाएको शुल्क कार्यान्वयन गर्न स्वास्थ्यको परिपत्र

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- कोरोनाको पिसीआर परीक्षणमा लाग्ने शुल्क घटाउने सरकारको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालाहरुलाई बिहीबार परिपत्र गरेको छ ।

सरकारले विगतमा निजी अस्पताल तथा प्रयोगशालाले लिँदै आएको परीक्षण शुल्क २ हजारलाई घटाएर १५ सय र निःशुल्कको मापदण्ड भित्र नपरेका सरकारी प्रयोगशालामा १ हजारबाट घटाएर ८ सय रुपैयाँमा परीक्षण गर्ने निर्णय गरेको थियो ।

सरकारले कन्ट्याक्ट ट्रेसिंगमा नपरेकाहरुलाई शुल्क लिने र कन्ट्याक्ट ट्रेसिंगमा  परेको आधारसहित प्रयोगशाला पुग्नेलाई निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले तत्कालै निर्णय कार्यान्वयन गर्न परिपत्रमार्फत् निर्देशन पनि दिएको छ ।

 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved