जनकपुरधाम- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा तालमेल गरेका छन् ।
२ पार्टीका मधेश प्रदेश समितिले बिहीबार संयुक्त पत्रकार सम्मेलनमार्फत् राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरिएको सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा एमाले मधेश प्रदेश कमिटी अध्यक्ष रामऔतार यादव र लोसपाका मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले प्रदेशको २ सिटमा एक÷एक सिटमा आफूहरुले तामेल गरेको बताउनु भयो ।
उहाँहरुले मधेश प्रदेशमा अन्यतर्फ एमालेका उम्मेदवारलाई र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्र्टीका उम्मेदवारलाई सघाउने सहमति भएको बताउनु भयो ।
अन्यतर्फ एमालेले उसमान अन्सारी र महिलातर्फ लोसपाले रूपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।
कार्यक्रममा लोसपा नेता सोनलले धेरैजसो मुद्दामा एमाले र आफ्नो पार्टी नजिक भएकाले आउने दिनमा समेत गठबन्धन बनाउने हिसाबले आफूहरुले तालमेल गरेको बताउनु भयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना एक सय ११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तिय पहुँचबाट...
काठमाडौँ - वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना प्रविधि (फिनटेक) विज्ञ सञ्जीव सुब्बाले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै बताउनु भएको छ। बैंक वित्तीय संस्थाले साइबर सुरक्षाका क्षेत्रमा...
काठमाडाैं - अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको...
गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ। तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा...
ललितपुर - युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवर्द्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्। नेपाली युवा उद्यमी फोरम र साउथ...