विराटनगर-एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ रु सात अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु तीन हजार, भन्सार महसुल निर्याततर्फ रु ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ रु ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु नौ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ रु २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेले जिल्लाका आठै पालिकामा प्रशिक्षण कार्यक्रम चलाएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा...
काठमाडौं – निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा अमान्य गरिदिएको छ । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट अध्यक्ष...
ललितपुर - गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक सभापति शेरबहादुर देउवाको जवाफसहित आज सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । गत सोमवारदेखी सुरू भएको...
ललितपुर - नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि...
काठमाडौं - आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति...